कोहलीको एकदिवसीय क्रिकेटमा सवैभन्दा छिटो १० हजार रन

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा सवैभन्दा छिटो १० हजार रन पुरा गरेका छन् ।

वेष्टइन्डिजविरुद्धको खेलमा ८१ रन जोडेपछि उनको १०हजार रन पुरा भएको हो । विराटले १५४ एकदिवसीय पारिमा १० हजार रन पुरा गरेका हुन् । योसँगै विराटले यसअघि भारतीय मास्टर ब्लास्टर सचिन तेन्दुलकरको नाममा रहेको फास्टेस्ट १० हजार रनको पनि रेकर्ड ब्रेक गरे ।

सचिनले २५९ पारीमा १० हजार रन पुरा गर्दा ३० वर्षीय विराटले २०४ पारीमा यो लक्ष्य हासिल गरेका हुन् । यसैगरी कोहली वेस्टइन्डिजविरुद्ध सबैभन्दा बढी रन बनाउने भारतीय व्याट्सम्यान पनि बनेका छन् ।

विशाखापट्नममा जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विराटले यो रेकर्ड पनि सचिनकै तोडेका हुन् । सचिनले वेस्टइन्डिजविरुद्ध ३९ पारीमा १५७३ रन बनाएका थिए भने विराट २९ पारीमै उनको रेकर्ड ब्रेक गरे ।

यस्तै विराटले सबैभन्दा कम इनिङमा ४ हजार रन पुरा गर्ने एवीडिभिलियर्सको रेकर्ड पनि तोडेका छन् । दक्षिण अफ्रिकाका डिभिलियर्सले ९१ पारीमा ४ हजार रन बनाउँदै सचिनको रेकर्ड ब्रेक गरेका थिए । सचिनले ९२ पारीमा यो रेकर्ड बनाउँदा विराटले यो रेकर्ड छुन ७८ इनिङनै काफी बन्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest