पोखरा प्रिमियर लिगको विजेताले २७ लाख पाउने

शुक्रबारदेखि सुरु हुन लागेको पोखरा प्रिमियर लिग क्रिकेटको पुरस्कार रकम बृद्धि गरिएको छ ।

यसअघि उपाधि विजेताले २५ लाख पाउने भनिएकोमा २ लाख बढाइएको छ । योसँगै पोखरा प्रिमियर लिग सर्बाधिक ठूलो घरेलु प्रतियोगिता पनि बनेको छ ।

प्रतियोगिताको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले बुधबार पुरस्कार रकम बढाइएको जानकारी दिएको हो । प्रतियोगिताको उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ ।

यसबाहेक प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही एक एक थान सुजुकी मोटरसाइकल पुरस्कार पाउनेछन् । घरेलु प्रतियोगितामा तीन उत्कृष्ट खेलाडीलाई एकैपटक मोटरसाइकल पुरस्कार प्रदान गर्न लागिएको पनि पहिलो पटक हो ।

यस्तै हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद र ५ हजार बराबरको गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछ भने हरेक खेलको विजेता टोलीले १५ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest