पोखरा प्रिमियर लिगको विजेताले यस्तो ट्रफी पाउनेछ

भोलिदेखि सुरु हुन लागेको पोखरा प्रिमियर लिग क्रिकेटको ट्रफी आज सार्वजनिक गरिएको छ ।

पोखराको फेवाताल किनारमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सबै टोलीका मार्की खेलाडीले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

गोलाकार प्लेटमा सुन र चाँदीको लेपन लगाइएको छ । करिव तीन लाख लागतमा यो ट्रफी काठमाडौंमा बनाइएको हो ।

यो ट्रफी जर्मन फुटबल लिग बुण्डेसलिगाको जस्तै छ ।

ट्रफी अनावरणसँगै छुट्टाछुट्टै डुंगामा सहभागी छ वटै टोलीका मार्की खेलाडीलाई राखेर टिमको झण्डासहित बाराही मन्दिर परिक्रमा गराइएको थियो ।

भोलिदेखि सुरु हुने पोखरा प्रिमियर लिगमा सहभागी ६ टोलीको नाम नेपालका ६ शहरको नामबाट जुराइएको छ । बिराटनगर टाइटन्स, काठमाडौं रोयल्स, पोखरा पल्टन, चितवन राहिनोज, बुटबल ब्लास्टर्स र धनगढी ब्लुजले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest