पोखरा प्रिमियर लिगमा भोली विराटनगर र घरेलु टिम भिड्ने, यस्तो भन्छन प्रशिक्षक र कप्तान

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता पोखरा प्रिमियर लिग भोलिदेखि सुरु हुँदैछ । घरेलु तथा बिदेशी खेलाडीको जमघट हुने भएपछि पोखरा अहिले क्रिकेटमय बनेको छ । उसै पनि पोखरामा पहिलो पटक यति ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार विराटनगर टाइटन्स रु घरेलु टिम पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदैछ । दुबै टिममा अनुभवी र युवा खेलाडीको समिश्रण छ । यद्यपी दुबै टिमलाई एउटै चिन्ता छ पीचको । पूर्ण रुपमा नयाँ पीच कस्तो हुने हो भन्नेमा सबै उत्सुक छन् । पीचको अवस्थाअनुसारको प्रदर्शन नहुने हो कि भन्ने चिन्ता दुवै टोलीका बलरहरुमा विशेषगरी छ ।

के भन्छन प्रशिक्षक ?

विनोद दास, पोखरा पल्टन

तीन दिनदेखि पोखरामै आएर तयारी गरिरहेका छौं । प्रायः सबै खेलाडी बिभिन्न लिग खेलिरहेकाले फिट छन् र पेपरमा हाम्रो टिम बलियो छ ।

तर, कन्डिसनका हिसावले कुनै पनि टिमले भन्न सक्ने अवस्था छैन, नयाँ पीच, नयाँ ठाउँ नयाँ कन्डिसन त्यसैले यो निकै उत्साहित समय हो । कसैले पनि एकिनका साथ भन्ने सक्ने अवस्था छैन । अब भोलि टस भएको दुईदेखि तीन घण्टासम्म निकै रोमाञ्चक हुने देखिएको छ, चाहे त्यो खेलिरहेका टिम होस या नखेलिरहेको । हामी पहिलो खेल खेल्दैछौ, हामीले गुमाउनुँ केहि छैन, तर हामी जितको रणनीतिका साथ मैदानमा जानेछौं ।

टिममा सन्दिपको उपस्थितीले पक्कैपनि मनोबल उच्च हुनेछ । तर यो टिम गेम हो एउटैमा भर परेर पनि हुँदैन । पुरै कलेक्टिभ इफोर्टबाट टिमले खेल्यो भने उपाधिको यात्रा सहज हुनेछ ।

नयाँ पीचले सबै टिमलाई नै असर गर्छ हामीलाई मात्र होइन, तर पीच राम्रो बनेको जस्तो लाग्छ, त्यसैले त्यस्तो ठूलो चिन्ता लिनुपर्ने जस्तो लाग्दैन ।

यसो भन्छन् कप्तान

शरद भेषवाकर, पोखरा पल्टन

सबैका लागि नयाँ पीच छ । रातोमाटोमा हामी कसैले खेलेका छैनौ नेपालमा । तर, खेलाडीका हिसावले सबै खेलेकै खेलाडी हुन, विदेशी वाहेक । पिचले कस्तो ब्यवहार गर्ने हो त्यो हेर्न बाँकी छ । विदेशमा रातोमाटोमा खेल्दा हाइस्कोर म्याच हुनुपर्ने हो तर, यही भन्न सक्ने अवस्था छैन ।

तयारी सबै टिमका लागि कम नै हो । समय नै दुई तीन दिन मात्र थियो । चाडपर्वको सिजन पनि यहिबेला पर्यो । तीन दिन पोखरामा आएर तयारी गरेका छौं, त्यो अनुसार राम्रो भएको छ । तर, विपक्षीका बारेमा बिस्तृत अध्ययन गर्न बाँकी छ ।

सन्दिप लामिछाने, विराटनगर टाइटन्स

हाम्रो टिम सन्तुलित छ । ब्याटिङमा होस या बलिङ प्रशिक्षणमा हेर्दा ब्याटिङमा पनि राम्रो र बलिङमा राम्रो छ । जुन किसिमको टिम हामीले खोजिरहेका छौं त्यस्तै पाएका छौं ।

सन्दिपको उपस्थितिले कस्तो फरक पार्ला भन्ने जिज्ञाशामा उनले भने, क्रिकेट भनेको टिम गेम हो, त्यसमा एक्लो सन्दिपले केहि हुँदैन पुरै टिमको एफोर्टले गर्दा हुने हो । त्यसैले पनि हामी ब्यक्तिगत भन्दा पनि टिम एफोर्ट राम्रो भए नतिजा राम्रो हुन्छ जस्तो लाग्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest