पीपीएलमा शरद भर्सेस सन्दिप

पीपीएलको उद्घाटनमा सभामुखको ब्याटिङ, मुख्यमन्त्रीको बलिङ नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता पीपीएल आजदेखि शुरुहुदैं छ ।

आगामी २० गतेसम्म चल्ने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत आजको उद्घाटन खेलमा पोखरा पल्टन र विराटनगर टाइटन्स आमने सामने हुँदैछन् । पीपीएलको घरेलु टोलि मानिएको पोखराको कप्तानी शरद भेषावकरले गर्दैछन् भने विराटनगरको नेतृत्व सन्दिप लामिछानेले गर्ने छन् ।

पीपीएलको उद्घाटन सत्र शुरु भइसकेको छ । प्रतियोगिताको उद्घाटनका लागि संघीय संसद्का सभामुख कृष्णबहादुर महरा पोखरा पुगि सेकेका छन् । प्रतियोगिताको सभामुख महराले उद्घाटन गर्ने जनाइएको छ । आयोजक क्वीन्स इभेन्टस म्यानेजमेन्टका प्रबन्धक छुम्बि लामाका अनुसार सभामुख महराले उद्घाटनका क्रममा ब्याटिङ गर्ने र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बलिङ गर्ने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest