पोखरा पल्टनले विराटनगर टाइटन्सलाई एक सय ९८ लक्ष्य

पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई एक सय ९८ लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ३ विकेट एक सय ९७ गुमाएर एक सय रन बनायो । निकै आक्रामक सुरुवात गरेको पोखराले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो । उसका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएपछि पोखराले पहिलो विकेट गुमायो ।

नयाँ पिचमा पहिलो खेलेको पोखराका लागि भारतीय खेलाडी रवी इन्दोर र आशिफ शेखले ९४ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । भारतीय खेलाडी रवीले आक्रामक ४४ रन बनाएर आउट हुँदा पोखराले एक सय ४७ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि तेस्रो विकेटका रुपमा आशिफ आउट भएपछि पोखराले एक सय ६० रनमा तेस्रो विकेट खेर फाल्यो । उनले ५२ रन बनाए ।

पहिलो पीपीएलको पहिलो खेलमा ने अर्धसतक बनाएका उनले ५ चौका र एक छक्का प्रहार गरे । त्यसपछि विनोद भण्डारीले विस्फोटक ४१ रन बनाउदा पोखराले ठुलो लक्ष्य दिन सफल भयो । विनोदले ११ बलमा दुई चौका र ५ छक्का प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest