सन्दिपले गरे विश्वकप ट्रफि सार्वजनिक

इंग्ल्याण्ड र वेल्समा २०१९ मा हुने आइसीसी एकदिवसिय विश्वकपको ट्रफि टुर अन्तर्गत आज पोखरामा सार्वजनिक गरिएको छ । हिजो साझ काठमाडौको स्वंयम्भुमा राखिएको ट्रफि आज विहान पोखरा ल्याइएको थियो ।

ट्रफिलाई पोखरा स्थित क्रिकेट मैदानमा युवा खेलाडी सन्दिप लामिछानेले सार्वजनिक गरेका थिए । विश्वकप ट्रफि सार्वजनिक गर्ने पहिलो नेपाली खेलाडी बनेका सन्दिप र ट्रफिलाई माछापुच्छ्रेलाई पछाडी पारेर पत्रकारलाई अगाडी राखिएको थियो ।
विश्वका २० देशका ६० शहरमा लगिने यो ट्रफि दुबईबाट नेपाल ल्याइएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest