पारसकाे टिमलाइ पहिलाे खेलमा नै झट्का, बुटवलसँग ७० नले पराजित

पोखरा प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ५विकेट गुमाउँदै एक सय ३५ रन बनायो । निकै खराव सुरुवात गरेको बुटवलले मात्र दुई रन हुँदा पहिलो विकेट गुमायो । उसका विदेशी खेलाडी चिराग सुरी मात्र एक रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका अर्का विदेशी खेलाडी रोहन मुस्तफा खाता खोल्न नपाउँदै आउट भएपछि दुई रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसको लगत्तै भिम शार्की दुई रनमा आउट भएपछि बुटवलले १० रनमा तेस्रो विकेट गुमाउन पुग्यो । तर चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । तर सागर ४६ रनमा पेभेलियन फर्किएपछि बुटवलले ७८ रनमा चौथो विकेट गुमाउन पुग्यो । त्यसपछि शंकर राना ४८ रनमा आउट हुँदा बुटवलले एक सय २८ रनमा पाँचौ विकेट गुमायो । शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

जवाफमा सोमपालको उत्कृष्ट बलिङका कारण चितवन १६ ओभर ५ बलमा ६५ रनमा अलआउट भयो । पारस खड्काको कप्तानीमा रहेको चितवनको सुरुवात पनि निकै खराव रह्यो । उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोडे । खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको उसले १९ रन बनाउदा ५ विकेट खेर फालेको थियो ।

जसमा उसका तीन खेलाडीले खाता खोल्न सकेनन । सोनु तामाङ अनिलकुमार शाह र आरिफ शेख शुन्य रनमा आउट भए भने कप्तान पारस खड्का १० रनमा स्मिथ पटेलले दुई रन बनाए । त्यसपछि सन्नी पटेलपनि मात्र नौ रनमा आउट भएपछि २१ रनमा ६ विकेट झर्यो । बुटवलका बलर सामु निरिह देखिएको चितवनले २७ रन बनाउदा ८ विकेट झर्यो ।

करण केसी सात रनमा आउट हुदा हरिशंकर शाह एक रनमा पेभेलियन फर्किए । बलिङ तर्फ सोमपाल कामीले चार तथा ललित भण्डारीले दुई विकेट लिए । यस्तै रोहन मुस्तफाले एक विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest