काठमाडौ रोयल्सले धनगढी ब्लुजलाई एक सय ८१ रनको लक्ष्य

पोखरा प्रिमियर लिग अन्तर्गत काठमाडौ रोयल्सले धनगढी ब्लुजलाई एक सय ८१ रनको लक्ष्य दिएको छ ।

भारतीय खेलाडी गौरव तोमरको विस्फोटक ब्याटिङका कारण काठमाडौले २० ओभरमा तीन विकेट गुमाउदै एक सय ८० रन बनायो । तोमरले ९५ रन बनाए । उनले चार चौका र १० छक्का प्रहार गरे । राम्रो सुरुवात गरेको काठमाडौले ३० रनमा पहिलो विकेट गुमायो ।

ओपनर अमित श्रेष्ठ १२ रनमा आउट भए । त्यसपछि जयकिशन कोल्सावाला २५ रनमा आउट भएपछि ८१ रनमा दोस्रो विकेट झर्यो । तेस्रो विकेटका लागि तोमर र नरेश बुढाऐरले ९६ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । नरेशले अविजीत ३६ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest