काठमाडाै‌काे पीपीएलमा पहिलाे जित, धनगढी १७ रनले पराजित

पोखरा प्रिमियर लिगमा काठमाडौ रोयल्सले पहिलो खेलमा जित निकालेको छ । आज भएको खेलमा काठमाडौंले धनगढी ब्लुजलाई १७ रनले हरायो ।

भारतीय खेलाडी गौरव तोमरको विस्फोटक ब्याटिङका कारण काठमाडौले २० ओभरमा तीन विकेट गुमाउदै एक सय ८० रन बनायो । तोमरले ९५ रन बनाए । उनले चार चौका र १० छक्का प्रहार गरे ।

राम्रो सुरुवात गरेको काठमाडौले ३० रनमा पहिलो विकेट गुमायो । ओपनर अमित श्रेष्ठ १२ रनमा आउट भए । त्यसपछि जयकिशन कोल्सावाला २५ रनमा आउट भएपछि ८१ रनमा दोस्रो विकेट झर्यो । तेस्रो विकेटका लागि तोमर र नरेश बुढाऐरले ९६ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । नरेशले अविजीत ३६ रन बनाए ।

वाफमा राम्रो सुरुवात गर्न नसकेको धनगढी २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ६२ रनमा रोकियो ।
दुई जना विदेशी खेलाडी मैदानमा उतारेको धनगढीले २० रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर सन्दिप सुनार ११ रनमा आउट भए । त्यसपछि विदेशी खेलाडी डान लरेन्स ८ रनमा आउट भएपछि धनगढीले २१ रनमा दोस्रो विकेट गुमायो ।

धनगढीका मध्यक्रमका खेलाडी विच राम्रो तालमेल हुन नसक्दा उसले ६१ रनमा ४ किवेट गुमायो । धनगढीको दिलिप नाथ १० रनमा आउट भए भने सन्दिप जोराले २७ रन बनाए । उनले ११ बलमा एक चौका र तीन छक्का प्रहार गरेका थिए ।

यस्तै अर्का विदेशी खेलाडी पिटर ट्रेगोले १९ रन थपे । धनगढीका लागि कप्तान दिपेन्द्रसिंंह ऐरीले ५४ रन बनाउदै आउट भए । यस्तै सौरभ खनालले १७ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest