धनगढी ब्लुजले विराटनगरलाई एक सय ८३ रनकाे लक्ष्य

पोखरा प्रिमियर लिग क्रिकेट अन्तर्गत तेस्रो दिनको खेलमा धनगढी ब्लुजले विराटनगरलाई एक सय ८३ रनकाे लक्ष्य दिएकाे छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा १८२ रनमा अलआउट भयो । टिमको स्कोर ८ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले १३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका दुबै ओपनर सन्दिप सुनार ९ तथा डेन लरेन्स दुई रनमा आउट भए ।

त्यसको लगत्तै दिलिप नाथपनि ८ रनमा आउट भएपछि धनगढीले ३८ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि दिपेन्द्र ऐरी र विदेशी खेलाडी पिटर ट्रेगोले चौथो विकेटका लागि ६० रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हाले । तर दिपेन्द्र २९ रनमा आउट भएपछि धनगढीले ९८ रनमा चौथो विकेट गुमायो ।

तर त्यसपछि सस्तैमा दुई विकेट गुमाउदा धनगढीले एक सय २३ रनमा ६ विकेट गुमायो । सन्दिप जोरा १२ रनमा आउट भए भने मन्जित श्रेष्ठ एक रनमा पेभेलियन फर्किए । धनगढीका लागि पिटरले ५३ रनको योगदान गरे । अन्तिममा सौरभ खनालले विस्फोटक ४१ रन बनाए । उनले १२ बलमा दुई चौका र ५ छक्का प्रहार गरे । बलिङ तर्फ जितेन्द्र मुखियाले चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest