पीपीएलमा बुटवलकाे जितकाे यात्रा कायमै, पाेखरा ३३ रनले पराजित

पोखरा प्रिमियर लिग अन्तर्गत अहिले बुटवल ब्लास्टर्सले लगातार दोस्रो जित निकालकेो छ । आज भएको खेलमा बुटवलले पोखरा पल्टनलाई ३३ रनले हरायो ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले २० ओभरमा एक सय ५० रन बनायो । सुस्त सुरुवात गरेको उसले ५ रन हुदा पहिलो विकेट गुमायो भने २० रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर चिराग सुरी ५ तथा सागर पुन २ रनमा आउट भए । तेस्रो विकेटका लागि रोहन मुस्तफा र भिम सार्की विच ७३ रनको साझेदारी भएको थियो ।

जसका कारण बुटवलको पारी सम्हालिएको थियो । तर मुस्तफा ४५ रनमा आउट भएपछि बुटवलले ९३ रनमा तेस्रो विकेट गुमायो । सिद्धान्त लोहनी पनि १३ रनमा बोल्डआउट भएपछि बुटवलले एक सय २३ रनमा चार विकेट गुमायो । बुटवलकालागि भिम सार्कीले अर्धसतकिए पारी खेले । उनले ४६ बलमा ५४ रन बनाए । जसमा तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै सोमपाल कामी २२ रनमा रनआउट भए । बलिङ तर्फ मोहम्मद नाभिदले दुई विकेट लिए ।

जवाफमा मध्यम सुरुवात गरेको पोखरा २० ओभरमा ९विकेट गुमाउदा ११७ रनमा रोकियो । ३१ रनमा पहिलो विकेट गुमायो । ओपनर कुशल भुर्तेल नौ रनमा आउट भए । त्यसको लगत्तै आशिफ शेखपनि २० रनमा आउट भएपछि उसको दोस्रो विकेट झर्यो । पहिलो खेलमा विराटनगरलाई पराजित गरेको पोखराको मिडिलअडरका खेलाडी विच राम्रो तालमेल हुन सकेन ।

रन हुदा विनोद भण्डारी ब्यक्तिगत ६ रनमा आउट भए । एकपछि अर्को विकेट गुमाएको पोखराले ७८ रन बनाउदा ७ विकेट खेर फाल्यो । उसका रोहितकुमार पौडेल दुई, महबुब आलम एक र रवी इन्दर सिंह ११ रन तथा कप्तान शरद भेषवाकर १९ रनमा आउट भए । बुटवलका कप्तान सोमपाल कामीले एकै ओभर दुई विकेट लिएपछि घरेलु टिम पोखरा पुरै दबावमा आयो । त्यसपछि अरु खेलाडीले खासै राम्रो खेल्न सकेनन र सस्तैमा आउट भयो । बलिङ तर्फ सोमपाल कामी, रोहन मुस्तफा र बिपिन खत्रीले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest