बिराटनगरले काठमाडाै‌लाइ दियाे १५० रनकाे लक्ष्य

पोखरा प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा विराटनर टाइटन्सले काठमाडौं रोयल्सलाई एक सय ५० रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा सात विकेट गुमाउदै एक सय ४९ रन बनायो । बलियो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।

तर सुनिल धमला ब्यक्तिगत ३० रनमा आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो । त्यसको लगत्तै विदेशी खेलाडी एन्र्डु सुबिक्सन मात्र चार रनमा आउट भएपछि विराटनगरले ६९ रनमा दोस्रो विकेट गुमायो ।

विराटनगरका लागि मुहम्मद जेइद आलमले ६७ रन बनाए । उनले ४७ बलमा सात चौका र चार छक्का प्रहार गरे । तर पुष्प थापा एक र प्रदिप ऐरी नौ रनमा आउट भएपछि बिराटनगरले उक सय ३७ रनमा ५ विकेट गुमायो ।

यस्तै राजेश पुलामी ३० रनमा आउट भएपछि विराटनगरले एक सय ४७ रनमा सात ६ विकेट गुमायो । लगत्तै राजु रिजाल मात्र एक रनमा आउट भए ।
बलिङ तर्फ काठमाडौ बसन्त रेग्मी, सुसान भारीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest