पाेखरासामु चितवनकाे १४१ रनकाे लक्ष्य

पोखरा प्रिमियर लिग अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा पल्टनलाई एक सय ४१ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ४० बनायो । सुरुवात राम्रो गर्न नसकेको चितवनले १८ रनमा पहिलो विकेट गुमायो ।

उसका ओपनर हरिशंकर शाह तीन रनमा आउट भए । त्यसपछि अनिल शाह पनि १६ रनमा पेभेलियन फर्किएपछि चितवनले ५७ रनमा तेस्रो विकेट गुमायो । चौथो विकेटकालागि कप्तान पारस खड्का र सन्नी पटेल विच ५३ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याउने प्रयस गरेका थिए ।

तर पारस ४४ रनमा आउट हुँदा चितवनले एक सय १० रनमा चौथो विकेट खेर फाल्यो । चितवनका लागि सन्नी पटेलले ४६ रन बनाए । बलिङ तर्फ विक्रम भुषालले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest