पीपीएलमा चितवन फेरी पराजित, पाेखरा ५ विकेटले विजयी

पोखरा प्रिमियर लिगमा पारसको कप्तानीमा रहेको चितवनले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा चितवन घरेलु टिम पोखरा पल्टनसँग ५ विकेटले पराजित भयो ।

पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ४१ रनको लक्ष्य दिएको थियो । सुरुवात राम्रो गर्न नसकेको चितवनले १८ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर हरिशंकर शाह तीन रनमा आउट भए ।

त्यसपछि अनिल शाह पनि १६ रनमा पेभेलियन फर्किएपछि चितवनले ५७ रनमा तेस्रो विकेट गुमायो । चौथो विकेटकालागि कप्तान पारस खड्का र सन्नी पटेल विच ५३ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याउने प्रयास गरेका थिए ।

तर पारस ४४ रनमा आउट हुँदा चितवनले एक सय १० रनमा चौथो विकेट खेर फाल्यो । चितवनका लागि सन्नी पटेलले ४६ रन बनाए । बलिङ तर्फ विक्रम भुषालले दुई विकेट लिए ।

जवाफमा पोखराले १७ ओभर २ बलमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । निकै खराव सुरुवात गरेको पोखराले खाता खोल्न नपाउँदै दुई विकेट गुमायो । दुबै ओपनर कुशल भुर्तेल र आशिफ शेख शुन्य रनमा नै आउट भए । तर शन्नी पटेल र रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । रोहित १९ रनमा आउट भएपछि पोखराले तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि शरद भेषवाकर र रवीइन्दर सिंहले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याए । रवीले ६५ रन बनाए भने शरदले ३७ रनको योगदान गरे । अन्तिममा रवी र शरद एकै ओभरमा आउट हुँदा पोखराले एक सय ३५ रनमा ५ विकेट गुमायो ।
प्रतियोगितामा शरदको कप्तानी रहेको पोखराको दोस्रो जित हो । उसको अंक तालिकामा चार अंक भएको छ । प्रतियोगितामा बुटवल र काठमाडौको चार चार अंक रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest