पोखरा प्रिमियर लिगमा चितवन राइनोजले धनगढी ब्लुजलाई एक सय ९४ रनको लक्ष्य

पोखरा प्रिमियर लिग अन्तर्गत चितवन राइनोजले धनगढी ब्लुजलाई एक सय ९४ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ९३ रन बनायो । निकै बलियो सुरुवात गरेको चितवनका हरिशंकर शाह र अनिलकुमार शाहले पहिलो विकेटका लागि एक सय एक रनको साझेदारी गरेका थिए ।

जारी प्रतियोगितामा यो चितवनको अहिलेसम्म कै ठुलो साझेदारी हो । यसका साथै पुरै प्रतियोगितामा पनि पहिलो विकेटका लागि भएको यो उच्च साझेदारी हो । तर अनिल ३७ रनमा आउट भएपछि चितवनले पहिलो विकेट गुमायो । त्यसपछि हरिशंकर शाह पनि अर्धसतक बनाउदै आउट हुन पुगे । उनले ३३ बलमा ५३ रन बनाए ।

जसका कारण चितवनले एक सय १० रनमा दोस्रो विकेट गुमायो । चितवनका कप्तान पारस खड्कापनि आक्रामक रुपमा उत्रिएका थिए । तर उनी धेरैबेर क्रिजमा टिक्न सकेनन । उनले ९ बलमा १९ रन बनाउदै आउट भए । सो बेला चितवनको स्कोर एक सय ४० रन थियो । त्यसपछि स्मिथ पटेल २४ र आरिफ शेखले खाता खोल्न नपाउदा चितवनले एक सय ६२ रनमा ५ विकेट झर्यो । त्यसपछि सन्नी पटेलले २६ तथा करण केसीले ११ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest