पीपीएलमा बुटवलकाे अपराजित यात्रामा लाग्याे पुर्णबिराम, बिराटनगरकाे पहिलाे जित

पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा विराटनगर टाइटन्सले पहिलो जित निकालेको छ । लगातार ३ खेल गुमाएको विराटनगरले बुधबार भएको खेलमा बुटवल वालस्टर्सलाई १२ रनले पराजित गर्दै आफूलाई प्रतियोगितामा टिकाइरहन सफल भएको हो ।

पाेखरा क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको रहेको विराटनगरले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १४० रन जोडेको थियो । विराटनगरका लागि मोहम्मद जइद आलमले ७२ रन बनाए। ४५ बल  खेलेका आलमले ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।यसैगरी प्रदीप ऐरीले ४१ रन बनाउँदा राजु रिजालले ८ रन जोडे । अन्य व्याट्सम्यानले दोहोराे अंक जाेड्न सकेनन । वुटवलका लागि ललित भण्डारीले २ विकेट लिए ।

१४१ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । राम्रो सुरुआत गरेको वुटवलको मध्यक्रमका व्याट्सम्यान चल्न सकेनन् । यसैगरी अन्तिम ओभरमा किशोर महतोले मेडन विकेट ओभर राखेपछि वुटवलविरुद्ध १२ रनको जित विराटनगरले निकाल्न सफल भयो ।

वुटवलका लागि भीम सार्की ५० र सिद्धान्त लोहनी १५ रनमा रन आउट हुनुनै दुर्भाग्य बन्यो । यसैगरी सागर पुनले २९ तथा शंकर रानाले २३ रन बनाएका थिए । वुटवलविरुद्ध कसिलो बलिङ गरेको किशोर महतोले र सन्दिप लामिछानले २–२ विकेट लिएका थिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest