न्यूजिल्याण्डविरुद्धको पहिलो टि–२० खेलमा पाकिस्तानद्वारा २ रनकाे राेमाञ्चक जित

न्यूजिल्याण्डविरुद्धको पहिलो टि–२० खेलमा पाकिस्तान विजयी भएको छ ।

न्यूजिल्याण्डमाथि २ रनको जित निकाल्दै पाकिस्तानले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता लिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो ।

१४९ को लक्ष्य पछ्याएको न्यूजिल्याण्ड २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रनमा समेटियो । कोलिन मुनरोले ५८ रनको अर्धशतकीय योगदान दिएपनि टिमलाई जित दिलाउन सकेनन् । रोस टेलर ४२ रनको योगदान दिएपनि अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन ।

न्यूजिल्याण्डलाई हराउनका लागि हसन अलिले ३ विकेट लिए भने इमाद वासिम र सकिब अल हसनले १–१ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest