श्रीलंकन बलिङ प्रशिक्षक वुवान जोइसा म्याच फिक्सिङमा फसे

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले म्याच फिक्सिङको आरोपमा श्रीलंकाका बलिङ प्रशिक्षक वुवान जोइसालाई कारवाही गरेको छ ।

श्रीलंकाका लागि ३० टेस्ट र ९५ एक दिवशीय खेल खेलेका जोइसालाई अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको भन्दै निलम्बन गरेको छ । निलम्बनको विरुद्ध अपिल गर्नका लागि उनलाइ १४ दिनको समय दिइएको छ ।

आईसीसीको अनुशन्धान टोलीले उनको मुबाइल माग्दा जयसुर्याले ब्यक्तिगत कारण भन्दै दिन अस्विकार गरेका थिए ।
बायाँ हाते बलर जोइसाले सन् १९९७ देखि २००७ सम्मको अन्तर्राष्ट्रिय करियरमा सबै खेलमा गरी कुल १७२ विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest