पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई एक सय ६२ रनको लक्ष्य

पोखरा प्रिमियर लिग अन्तर्गत धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई एक सय ६२ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ४ विकेट गुमाउदै एक सय ६१ रन बनायो । यसअघिका खेलमा जस्तै धनगढीको ओपनिङ जोडीले राम्रो सुरुवात दिलाउन सकेनन् ।

१४ रनमा पहिलो विकेट गुमाएको धनगढीले ३९ रनमा तीन विकेट खेर फालेको थियो । जसमा दिपिल नाथ र सुविन्धु पाण्डेले १०–१० रनमा आउट भएभने यसअघि राम्रो लयमा देखिएको विदेशी खेलाडी पिटर ट्रेगो १४ रनमा पेभेलियन फर्किए । तर चौथो विकेटका लागि कप्तान दिपेन्द्र ऐरी र डेन लरेन्सले सतकिय साझेदारी गरेपछि धनगढीको पारी सम्हालिएको हो । उनिहरुले एक सय ८ रनको साझेदारी गरे ।

जुन यो प्रतियोगितामा अहिलेसम्म कै ठुलो साझेदारी हो । लरेन्स ५२ रनमा आउट हुँदा धनगढीले एक सय ४७ रनमा चोथौ विकेट गुमायो । दिपेन्द्रले अविजीत ५६ रन बनाए भने अन्तिम सौरभ खनालले चार बलमा १३ रन थपे । बलिङ तर्फ विपिन खत्रीले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest