पीपीएलमा बुटवलकाे लगातार दाेस्राे हार, धनगढी २० रनले विजयी

पोखरा प्रिमियर लिग अन्तर्गत बुटवल ब्लास्टर्सले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा बुटवल धनगढीसँग २० रनले पराजित भएपछि प्रतियोगिताको अंक तालिका रोमाञ्चक मोडमा पुगेको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ४ विकेट गुमाउदै एक सय ६१ रन बनायो । यसअघिका खेलमा जस्तै धनगढीको ओपनिङ जोडीले राम्रो सुरुवात दिलाउन सकेनन् । १४ रनमा पहिलो विकेट गुमाएको धनगढीले ३९ रनमा तीन विकेट खेर फालेको थियो । जसमा दिपिल नाथ र सुविन्धु पाण्डेले १०–१० रनमा आउट भएभने यसअघि राम्रो लयमा देखिएको विदेशी खेलाडी पिटर ट्रेगो १४ रनमा पेभेलियन फर्किए ।

तर चौथो विकेटका लागि कप्तान दिपेन्द्र ऐरी र डेन लरेन्सले सतकिय साझेदारी गरेपछि धनगढीको पारी सम्हालिएको हो । उनिहरुले एक सय ८ रनको साझेदारी गरे । जुन यो प्रतियोगितामा अहिलेसम्म कै ठुलो साझेदारी हो । लरेन्स ५२ रनमा आउट हुँदा धनगढीले एक सय ४७ रनमा चोथौ विकेट गुमायो । दिपेन्द्रले अविजीत ५६ रन बनाए भने अन्तिम सौरभ खनालले चार बलमा १३ रन थपे । बलिङ तर्फ विपिन खत्रीले दुई विकेट लिए ।

जवाफमा बुटवल २० ओभरमा ६ विकेट गुमाउदा एक सय ४१ रनमा रोकियो । सुरुवात देखि नै लडखडाएको बुटवलले ८ रनमा पहिलो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको बुटवलले ६४ रन बनाउदा ५ विकेट गुमाएको थियो ।

उसका रोहन मुस्तफा २० रनमा आउट भए भने सागर पुनले मात्र एक रन जोडे । यस्तै भिम शार्की ५ रनमा पेभेलियन फर्किदा शंकर रानाले खाता खोल्न सकेनन् । यस्तै सिद्धान्त लोहनी १२ रनमा आउट भए । बुटवलका लागि चिराग सुरीले अविजीत ७९ रन बनाए । अब अंक तालिकामा ५ टिमको चार अंक भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest