वेस्टइन्डिजविरुद्धको पाँच एकदिवसीय क्रिकेट श्रृंखला भारतले जित्याे

वेस्टइन्डिजविरुद्धको पाँच एकदिवसीय क्रिकेट श्रृंखला भारतले जितेको छ । आज भएको अन्तिम एकदिवसीय क्रिकेटमा वेष्टइन्डिजमाथि ९ विकेटको जित निकाल्दै श्रृंखला भारतले ३–१ले जितेको हो ।

पहिलो एकदिवसीय क्रिकेट भारतले आफ्नो पोल्टामा पार्दा दोस्रो भने ‘टाइ’ भएको थियो तेस्रो खेल जित्दै श्रृंखला १–१ मा ल्याएको वेष्टइन्डिज चौथो र पाँचौं खेलमा पराजित भए पछि श्रृंखला ३–१ ले गुमाउन बाध्य भयो ।

आज भएको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टन्डिज ३१दशमलब ५ ओभरमा १०४ रन बनाउँदै अल आउट भएको थियो ।

वेस्टइन्डिजका लागि ज्यासन होल्डरले सर्वाधिक २५ रन बनाउँदा मार्लोन स्यामूयल्सले २४ रन बनाए । भारतका रविन्द्र जडेजाले ४ विकेट लिएका थिए ।

त्यसैगरी जसप्रित ब्रुमराह र खलिल अहमदले दुई दुई विकेट लिए। १०५ रनको सामान्य लक्ष्य भारतले १ मात्र विकेट गुमाएर पुरा गरेका थिए । रोहित शर्मा ६३ तथा विराट कोहली ३३ रनमा नट आउट रहे ।

शिखर धवन ६ रनमा आउट भएका थिए । वेस्टइन्डिजका वेस्ने थोमसले १ विकेट लिए । पाँच एकदिवसीय श्रृंखला सकिएसँगै अब तीन वटा टी ट्वान्टी हुने छ । पहिलो टी ट्वान्टी आइतबार हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest