धनगढी विरूद्द पाेखराले टस जितेर ब्याटिङ गर्दै

पाेखरा प्रिमियर लिगमा अाजकाे पहिलो खेल घरेलु टोली पोखरा र धनगढी बीच खेल हुदैछ । जसमा पाेखराले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकाे छ । पाेखरा तीन दिनकाे रेष्टपछि अाज लिगकाे चाैथाे खेल खेल्दैछ भने धनगढीकाे समुहकाे अन्तिम खेल हाे । दुबै टिमकाे समान चार चार अंक रहेकाे छ । तर रन रेटमा धनगढी पाँचाै स्थानमा छ । उसले याे प्रतियाेगितामा ४ मा २ मा जित र २ मा हार ब्यहाेरेकाे छ ।

अाज पाेखरा विरूद्द राम्राे रनरेटमा जित निकालेमा उसले प्लेअफका लागि दरियाे उपस्थिती जनाउने छ । तर हारलेपनि उसकाे संभावना कायमै हुनेछ । तर अरू टिमकाे नतिजामा भर पर्नुपर्ने हुन्छ । जारी प्रतियाेगितामा धनगढी पहिलो खेलमा काठमाडौंसँग १७ रनले पराजित हुँदा दोस्रो खेलमा विराटनगरलाई ७८ रनले हराएको थियो । तेस्रो खेलमा चितवनसँग १ सय २६ रनले पराजित भएपछि उसकाे रन रेट ह्वात्तै झरेकाे थियाे । चौथो खेलमा वुटवललाई २० रनले हराएपछि उसले शिर्ष तीनमा रहने अाशा जिवीतै राखेकाे थियाे ।

यता पाेखराले ३ खेलमा दुईमा जित र १ मा हार ब्यहाेरेकाे छ । अब उसले खेल्न बाँकी २ खेलमा जित निकालेम पाेखरा सहजै शिर्ष स्थानमा जानेछ । उसले पहिलो खेलमा विराटनगरलाई ५८ रनले हराएको थियाे भने दोस्रो खेलमा वुटवलसँग ३३ रनले पराजित हुन पुगेको थियो । तेस्रो खेलमा चितवनलाई ५ विकेटले पराजित गरेकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest