पोखरा प्रिमियर लिगमा पोखरा पल्टनले धनगढी ब्लुजलाई एक सय ४५ रनको लक्ष्य

पोखरा प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा घरेलु टिम पोखरा पल्टनले धनगढी ब्लुजलाई एक सय ४५ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले २० ओभरमा ८विकेट गुमाउदा एक सय ४४ सुरुवात देखि नै दबावमा रह्यो । प्रतियोगिता कै कमजोर सुरुवात गरेको पोखराले चार रनमा पहिलो विकेट गुमायो । त्यसपछि दोस्रो विकेटका लागि आशिफ शेख र रवीइन्दर सिंहको साझेदारी पनि धेरै लामो समय टिक्न सके ।

यी दुई खेलाडीले ४० रनको साझेदारी गरीरहेका बेला रवी २८ रनमा आउट भएपछि पोखराले ४८ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि महबुब आलम खाता खोल्न नपाउँदै आउट भए भने आशिफ २३ रनमा पेभेलियन फर्किए । जसका कारण पोखराले ६५ रनमा चार विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको पोखराका लागि रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए ।

यस्तै कप्तान शरद भेषवाकरले १४ तथा मोहम्मद नाभिदले ११ रन र रासिद खानले १५ रन बनाए । उसका पुछारका खेलाडी एकपछि अर्को रुपमा आउट भए । बलिङ तर्फ धनगढीका कमलसिंह ऐरीले चार तथा पिटर ट्रेगो, डेनीयल लरेन्स र रविन क्षेत्रीले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest