धनगढीकाे पाेखरामाथि २ विकेटकाे राेमाञ्चक जित

पोखरा प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा घरेलु टिम पोखरा पल्टनलाई धनगढी ब्लुजले दुई विकेटको रोमाञ्चक जित हात पारेको छ । जितसँगै धनगढीले शिर्ष तीनमा पुग्ने संभावना कायमै राखेको छ ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले २० ओभरमा ८विकेट गुमाउदा एक सय ४४ सुरुवात देखि नै दबावमा रह्यो । प्रतियोगिता कै कमजोर सुरुवात गरेको पोखराले चार रनमा पहिलो विकेट गुमायो । त्यसपछि दोस्रो विकेटका लागि आशिफ शेख र रवीइन्दर सिंहको साझेदारी पनि धेरै लामो समय टिक्न सके । यी दुई खेलाडीले ४० रनको साझेदारी गरीरहेका बेला रवी २८ रनमा आउट भएपछि पोखराले ४८ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि महबुब आलम खाता खोल्न नपाउँदै आउट भए भने आशिफ २३ रनमा पेभेलियन फर्किए । जसका कारण पोखराले ६५ रनमा चार विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको पोखराका लागि रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए । यस्तै कप्तान शरद भेषवाकरले १४ तथा मोहम्मद नाभिदले ११ रन र रासिद खानले १५ रन बनाए ।

उसका पुछारका खेलाडी एकपछि अर्को रुपमा आउट भए । बलिङ तर्फ धनगढीका कमलसिंह ऐरीले चार तथा पिटर ट्रेगो, डेनीयल लरेन्स र रविन क्षेत्रीले एक एक विकेट लिए ।

जवाफमा धनगढीले एक बल बाँकि हुदा ८ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । सुस्त सुरुवात गरेको धनगढीले १३ रन हुँदा पहिलो विकेटका लागि दिलिप नाथलाई ब्यक्तिगत चार रनमा गुमाएको थियो । तर दोस्रो विकेटका लागि सुविन्धु पाण्डे र पिटर ट्रेगोले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याएका थिए । तर सुविन्धु २२ रनमा आउट हुन पुगे ।

जसका कारण धनगढीले ६७ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि धनगढीका मिडिलअडरका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । डेनीयल लरेन्स मात्र तीन रनमा आउट भए भने सन्दिप जोरा नौ, सौरभ खनाल तीन रनमा पेभेलियन फर्किए । यस्तै विदेशी खेलाडी पिटर ट्रेगो पनि ५३ रनमा आउट भएपछि एक समय बलियो देखिएको धनगढी दबावमा पर्यो ।

अन्तिममा धनगढीको पारीको जिम्मेवारी कप्तान दिपेन्द्र ऐरीको काधँमा आएको थियो । अन्तिम ओभरमा धनगढीलाई जितका लागि १४ रनको आवश्यक थियो । जसमा दिपेन्द्रले एक छक्का र एक चौका प्रहार गरे । दिपेन्द्र एक्लैले अन्तिमसम्म क्रिजमा टिक्दै अविजीत ५१ रन मात्र बनाएनन् टिमलाई महत्वपुर्ण जित दिलाए । बलिङ तर्फ रासिद खानले चार तथा ललित राजंवशी र विक्रम भुषालले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest