काठमाडौं रोयल्सले र बुटवल ब्लास्टर्सलाई एक सय ७३ रनको लक्ष्य

पोखरा प्रिमियर लिग अन्तर्गत अहिले काठमाडौं रोयल्सले र बुटवल ब्लास्टर्सलाई एक सय ७३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाउदै एक सय ७२ रन बनायो । १९ रनमा पहिलो विकेट गुमाएको काठमाडौंले ५३ रनमा दोस्रो विकेट खेर फाल्यो ।

उसका ओपनर अमित श्रेष्ठ ४ तथा पवन सराफ २२ रनमा आउट भए । त्यसको लगत्तै गौरव तमोर पनि ११ रनमा पेभेलियन फर्किए । काठमाडौको स्कोर एक सय ५ रन हुदा जयकिशन कोल्सावाल ४५ रनमा आउट हुन पुगे ।

तर त्यसपछि नरेश बुढाऐर र कप्तान ज्ञानेन्द्र मल्लले पाँचौ विकेटका लागि ६७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । मल्लले अविजीत २५ तथा बुढाऐरले अविजीत ५८ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest