पीपीएलमा बुटवलकाे लगातार तेस्राे हार, काठमाडाैं ३७ रनले विजयी

पोखरा प्रिमियर लिग अन्तर्गत काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै लिगको शिर्ष स्थानमा रहने संभावना बलियो बनाएको छ । तर त्यसका लागि उसले लिगको अन्तिम खेलमा जित निकाल्नु पर्नेछ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाउदै एक सय ७२ रन बनायो । १९ रनमा पहिलो विकेट गुमाएको काठमाडौंले ५३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर अमित श्रेष्ठ ४ तथा पवन सराफ २२ रनमा आउट भए । त्यसको लगत्तै गौरव तमोर पनि ११ रनमा पेभेलियन फर्किए ।

काठमाडौको स्कोर एक सय ५ रन हुदा जयकिशन कोल्सावाल ४५ रनमा आउट हुन पुगे । तर त्यसपछि नरेश बुढाऐर र कप्तान ज्ञानेन्द्र मल्लले पाँचौ विकेटका लागि ६७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । मल्लले अविजीत २५ तथा बुढाऐरले अविजीत ५८ रन बनाए ।

जवाफमा बुटवल २० ओभरमा नौ विकेट गुमाउदा एक सय ३५ रनमा रोकियो । मध्यम सुरुवात गरेको बुटवल एक समय काठमाडौं माथि हावी देखिएको थियो । ६८ रन हुँदा मात्र दुई विकेट गुमाएको काठमाडौले त्यसपछि अरु ४६ रन थप्दा थप तीन विकेट गुमायो ।

उसका ओपनर रोहन मुस्तफा आउट भएपछि बुटवलको पारी कमजोर बन्यो । रोहनले ६१ रन बनाए यस्तै चिराग सुरीले ११ तथा भिम शार्कीले १२ रन जोडे । यस्तै सिद्धान्त लोहनीले १३ रन बनाउदा कप्तान सोमपाल कामी मात्र चार रनमा आउट भए ।

तर एकपछि अर्को विकेट गुमाएको बुटवलको ब्याटिङ कमजोर पार्न अमरसिंह रौटेलाले तीन तथा नन्दन यादव, बसन्त रेग्मी दुई दुई विकेट लिए । काठमाडौको जितसँगै विराटनगर प्रतियोगिताबाट बाहिरीएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest