पाेखरा टस जितेर बलिङमा, जित्तै पर्ने दबाव

पोखरा प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटमा आज  लिग चरणको अन्तिम खेलहरु हुँदैछ ।

आज हुने पहिलो खेलमा हुलास काठमाडौं रोयल्सले घरेलु टोली पोखरा पल्टन विच खेल भइरहेकाे छ । जसमा पाेखराले टस जितेर बलिङकाे निर्णय गरेको छ । अाज काठमाडाैंले जित निकालेमा साेझै फाइनलमा स्थान बनाउनेछ । यदि पराजित भएमा अर्काे खेलकाे नतिजा कुर्नुपर्नेछ । याे खेल बिहान ९ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा पारस खड्काको चितवन राइनोज र सन्दीप लामिछानेको विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुनेछ। अहिलेको स्थितिमा ६ टिमकै फाइनल र प्ले अफ पुग्ने उत्तिकै सम्भावना रहेको छ । प्रतियोगिताको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रोले एलिमिनेटर खेल्नेछन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest