पीपीएलमा पाेखरालाइ काठमाडाैंकाे १०४ रनकाे लक्ष्य

पोखरा प्रिमियर लिग अन्तर्गत लिगमा आफ्नो अन्तिम खेलमा काठमाडौं रोयल्सले पोखरा पल्टनलाई एक सय चार रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौले १९ ओभर एक बलमा एक सय तीन रनमा अलआउट भयो । निकै खराव सुरुवात गरेको काठमाडौले १३ रन बनाउदा दुई विकेट गुमायो ।

उसका ओपनर जयकिशन कोल्सावाल र गौरव तमोरले खाता खोल्न सकेनन । त्यसपछि पनि उसले ४३ रन बनाउदा थप दुई विकेट खेर फाल्यो । अमित श्रेष्ठ २१ रनमा आउट भए भने पवन सराफ १२ रनमा पेभेलियन फर्किए । काठमाडौका कुनैपनि खेलाडीविच राम्रो साझेदारी हुन सकेन । उसका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधकि ३१ रन बनाए ।

अघिल्लो खेलमा अर्धसतक प्रहार गरेका नरेश बुढाऐर ६ रनमा, आदिल खान सात, अमरसिंह रौटेला एक रनमा आउट भए । ९२ रन बनाउदा उसले नौ विकेट गुमाइसकेको थियो । बसन्त रेग्मी १९ रनमा अविजीत रहे । बलिङ तर्फ ललित राजवंशीले तीन तथा मोहम्मद नाभिदले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest