बुटवल र विराटनगर पोखरा प्रिमियर लिगबाट बाहिर

बुटवल र विराटनगर पोखरा प्रिमियर लिगबाट बाहिरीएका छन । आज भएको खेलमा पोखरा पल्टनले काठमाडौ रोयल्सलाई ४ विकेटले हराएसँगै बुटवल र विराटनगर लिग चरणबाट नै बाहिरीए ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौले १९ ओभर एक बलमा एक सय तीन रनमा अलआउट भयो । निकै खराव सुरुवात गरेको काठमाडौले १३ रन बनाउदा दुई विकेट गुमायो । उसका ओपनर जयकिशन कोल्सावाल र गौरव तमोरले खाता खोल्न सकेनन । त्यसपछि पनि उसले ४३ रन बनाउदा थप दुई विकेट खेर फाल्यो ।

अमित श्रेष्ठ २१ रनमा आउट भए भने पवन सराफ १२ रनमा पेभेलियन फर्किए । काठमाडौका कुनैपनि खेलाडीविच राम्रो साझेदारी हुन सकेन । उसका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधकि ३१ रन बनाए । अघिल्लो खेलमा अर्धसतक प्रहार गरेका नरेश बुढाऐर ६ रनमा, आदिल खान सात, अमरसिंह रौटेला एक रनमा आउट भए । ९२ रन बनाउदा उसले नौ विकेट गुमाइसकेको थियो ।

बसन्त रेग्मी १९ रनमा अविजीत रहे । बलिङ तर्फ ललित राजवंशीले तीन तथा मोहम्मद नाभिद र रासिद खानले दुई दुई विकेट लिए ।

जवाफमा पोखरा पल्टनले १५ ओभर ५ बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । पोखराले पनि सुरुवात राम्रो गर्न सकेन । १६ रनमा पहिलो विकेट गुमाएको उसले ४८ रन बनाउदा तीन विकेट खेर फालेको थियो । उसका लागि कुशल भुर्तेलले १४, आशिफ शेखले १६ रन बनाए भने विनोद भण्डारीले शुन्य रनमा आउट भए ।

त्यसपछि विदेशी खेलाडी रवीइन्दर सिंह र कप्तान शरद भेषवाकरलाई लगातार दुई बलमा अमरसिंह रौटेलाले आउट गरेपछि पोखराले ६९ रनमा ५ विकेट गुमायो । रवीले २२ रन बनाए भने मोहम्मद नाभिदले ३६ रन बनाए । बलिङमा अमरसिंह रौटेलाले तीन विकेट लिएका छन । जितसँगै पोखरा लिगको शिर्ष स्थानमा पुगेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest