पीपीएलमा चितवनले विराटनगर टाइटन्सबाट एक सय ४६ रनको लक्ष्य

पोखरा प्रिमियर लिगको साझै फाइनलमा पुग्ने मौका पाएको चितवनले विराटनगर टाइटन्सबाट एक सय ४६ रनको लक्ष्य पाएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ४५ रन बनायो । निकै राम्रो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्न सफल भयो ।

यो प्रतियोगितामा विराटनगरको यो अहिलेसम्मकै उच्च साझेदारी हो । पाकिस्तानी खेलाडी मुहम्मद जेइद आलम अर्धसतक बनाइ आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो । उनले ४७ बलमा छ चौका र दुई छक्का प्रहार गरे । त्यसपछि सुनिल धमला ब्यक्तिगत ४७ रनमा आउट भएपछि विराटनगरले एक सय १५ रनमा दोस्रो विकेट गुमायो ।

लगत्तै प्रदिप ऐरीपनि आउट भएपछि विराटनगरले तेस्रो विकेट खेर फाल्यो । पारीको अन्त्यतीर विराटनगरले एकपछि अर्को विकेट गुमायो । प्रदिप ऐरी ११ रनमा आउट भए भने एन्र्डु सुविक्सन चार रनमा पेभेलियन फर्किए । यस्तै राजु रिजालपनि मात्र ६ रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest