पाेखरा पीपीएलकाे फाइनलमा, रनरेटमा तल पर्दै धनगढी बाहिर, फाइनल प्रवेशका लागि चितवन र काठमाडाै खेल्ने

पाेखरा पल्टन पोखरा प्रिमियर लिगको फाइलनमा पुगेको छ भने प्रतियोगिताको इलिमिनेटरका लागि चितवन र काठमाडौ रोयल्स विच प्रतिस्पर्धा हुने भएको छ । आजको खेलमा पोखराले काठमाडौलाई हराएपछि बुटवल र विराटनगर प्रतियोगिताबाट बाहिरीए भने चितवनले विराटनगरलाई ४ विकेटले हराएपछि धनगढी समान अंक भएपनि रन रेटका आधारमा चौथो हुँदै प्रतियोगिताबाट आउट भयो ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ४५ रन बनायो । निकै राम्रो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्न सफल भयो । यो प्रतियोगितामा विराटनगरको यो अहिलेसम्मकै उच्च साझेदारी हो । पाकिस्तानी खेलाडी मुहम्मद जेइद आलम अर्धसतक बनाइ आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो । उनले ४७ बलमा छ चौका र दुई छक्का प्रहार गरे ।

त्यसपछि सुनिल धमला ब्यक्तिगत ४७ रनमा आउट भएपछि विराटनगरले एक सय १५ रनमा दोस्रो विकेट गुमायो । लगत्तै प्रदिप ऐरीपनि आउट भएपछि विराटनगरले तेस्रो विकेट खेर फाल्यो । पारीको अन्त्यतीर विराटनगरले एकपछि अर्को विकेट गुमायो । प्रदिप ऐरी ११ रनमा आउट भए भने एन्र्डु सुविक्सन चार रनमा पेभेलियन फर्किए । यस्तै राजु रिजालपनि मात्र ६ रनमा आउट भए ।

जवाफमा चितवनले १९ ओभर तीन बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । सुरुवात देखि नै दबावमा आएको चितवनले २८ रनमा तीन विकेट गुमायो । अनिल शाह १३ रनमा आउट भए भने हरिशंकर शाहले खाता खोल्न पाएनन् । लगत्तै कप्तान सात रनमा आउट भए । चौथो विकेटका लागि आरिफ शेख र स्मिथ पटेलले टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर स्मिथ पटेल २१ रनमा आउट भएपछि ६६ रनमा चौथो विकेट गुमायो । त्यसपछि सन्दिप लामिछानेले एकै ओभरमा दुई विकेट लिएपछि चितवन पुरै दबावमा आयो । आरिफ शेख ३५ रनमा आउट भएभने भुवन कार्कीले खाता खोल्न सकेनन । तर सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई जित दिलाए । उनले अविजीत ५० रन बनाए । यस्तै सोनु तामाङ अविजीत ११ रनमा रहेछ ।

बलिङ तर्फ सन्दिप लामिछानेले चार विकेट लिए । उनले चार ओभरमा एक मेडेन राख्दै २५ रन खर्चिए । प्रतियोगिताको इलिमिनेटर खेल भोली हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest