पीपीएलकाे लिग चरण यस्ताे रह्राे

पोखरा प्रिमियर लिगका लिग चरणका खेल सकिँदा पोखरा पल्टन फाइनलमा पुगेको छ । चितवन राइनोज र काठमाडौं रोयल्स इलिमिनेटरमा स्थान बनाउन सफल भएका छन् ।

प्रतियोगिताका १५ खेल सकिँदासम्म बनेको तथ्यांक यस्तो छ । नमस्ते पोखरा प्रिमियर लिगका १५ खेल सकिँदा पोखरा पल्टन, चितवन राइनोज, काठमाडौं रोयल्स र धनगढी ब्लुजले तीन तीन खेल जिते भने बुटवल ब्लास्टर्सले दुई तथा विराटनगर टाइटन्सले एक खेल जिते ।

१५ खेलमा कुल चार हजार २ सय ३२ रन बने । जसमा सबैभन्दा बढी रन काठमाडौं रोयल्सले बनायो । उनले पाँच खेलमा ७४२ रन बनाएको थियो । सबैभन्दा कम रन बनाउने विराटनगर टाइटन्सले जम्म ६७७ रन जोड्यो । प्रतियोगितामा पोखरा पल्टनले सबैभन्दा ठूलो योगफल तयार पारेको थियो ।

विराटनगर टाइटन्सविरुद्धको पहिलो खेलमा पल्टनले १९७ रन जोडेको थियो । सबैभन्दा कम स्कोरमा रोकिने टिम भने चितवन राइनोज बन्यो । उसलाई धनगढीले ६५ रनमा प्याक गरेको थियो ।

ब्यक्तिगत तर्फ रोयल्सका गौरव तोमरले सबैभन्दा धेरै रन बनाए । पाँचै इनिङ खेलेका तोमरले एउटा म्याचमा ९५ रन प्रहार गर्दै कुल २११ रन बनाएका थिए । यस क्रममा उनले दुईवटा अर्धशतक तथा १६ चौका र १४ छक्का प्रहार गरे । उनी सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी समेत हुन् ।

यो प्रतियोगितामा कुनै पनि खेलाडीले शतक बनाउन सकेनन् । तर सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी विराटनगरका मुहम्मद जाइद आलम हुन् । उनले तीनवटा अर्धशतकसँगै २०९ रन बनाएका छन् ।

२० चौका प्रहार गर्दै आलम सबैभन्दा धेरै चौका हान्ने खेलाडी समेत बनेका छन् । प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दुई खेलाडी छन् । चितवनका करण केसी र विराटनगरका सन्दिप लामिछानेले १०–१० विकेट लिए । करण केसीले दुई ओभर मेडन समेत राखेका छन् ।

चितवनका सन्नी पटेल सबैभन्दा किफायती बलर बनेका छन् । १९ ओभर र दुई बल बलिङ गर्दै सन्नीले ६ विकेट पनि लिएका छन् । उनले ३.२ को इकोनोमीमा जम्मा ६२ रनमात्र दिए । प्रतियोगितामा सबैभन्दा धेरै मेडन राख्ने खेलाडी पनि उनै हुन् । उनले कुल ३ मेडन राखेका छन् । विकेट किपिङतर्फ सबैभन्दा धेरै स्टम्पिङ गर्ने खेलाडी बुटवल ब्लास्टर्सका प्रकाश केसी हुन् । उनले सात वटा स्टम्पिङ गरेका थिए ।

१५ खेल सकिँदासम्म सबैभन्दा धेरै क्याच गर्ने खेलाडी काठमाडौं रोयल्सका अमरसिंह रौटेला हुन् । उनले ६ वटा क्याच लिएका छन् । पार्टनरसिप तर्फ बुटवल ब्लास्टर्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरी र ड्यान लरेन्सको १०८ रनको साझेदारी कुनै पनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो ।

दोस्रो ठूलो पार्टनरसिप चितवन राइनोजका हरिशंकर साह र अनिल कुमार साहवीच पहिलो विकेटका लागि १०१ रनको साझेदारी थियो । जुन स्कोर धनगढी ब्लुजविरुद्ध निकालेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest