पीपीएलकाे फाइनलमा पुग्न चितवन र काठमाडाैंकाे भिडन्त

पोखरा प्रिमियर लिगमा आज इलिमिनेटर खेलमा चितवन राइनोज र काठमाडौ रोयल्स विच प्रतिस्पर्धा हुँदैछ । आजको विजेताले उपाधिका लागि घरेलु टिम पोखरा पल्टनसँग खेल्नेछ ।

जारी प्रतियोगितामा खराव सुरुवात गरेरपनि दोस्रो चरणमा पुगेको पारस खड्काको टिम चितवनले लिगको अन्तिम खेलमा विराटनगरलाई ४ विकेटले हराएको थियो । जसका कारण उ रनरेटका आधारमा लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

यता सुरुवात निकै राम्रो गरेको काठमाडौले पहिलो दुई खेलमा उत्कृष्ट जित निकालेका थियो । जसमा पहिलो खेलमा धनगढीलाई १७ रन र विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो ।

तर चितवनसँग १३ रनले पराजित हुदा उसको जितको यात्रामा ब्रेक लागेको थियो । तर उसले बुटवललाई ३७ रनले पराजित गरेको थियो भने पोखरासँग ४ विकेटले हार्न पुगेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest