पीपीएलमा काठमाडाैंले टस जितेर ब्याटिङ गर्ने

पोखरा प्रिमियर लिगमा आज इलिमिनेटर खेलमा चितवन राइनोज र काठमाडौ रोयल्स विच प्रतिस्पर्धा हुँदैछ । जसमा काठमाडाैंले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकाे छ ।

जारी प्रतियोगितामा खराव सुरुवात गरेरपनि दोस्रो चरणमा पुगेको पारस खड्काको टिम चितवनले लिगको अन्तिम खेलमा विराटनगरलाई ४ विकेटले हराएको थियो । जसका कारण उ रनरेटका आधारमा लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

चितवन पहिलो खेलमा बुटवलसँग ७० रनले हारेको थियो भने दोस्रो खेलमा पोखरासँग ५ विकेटले पराजित भएको थियो । तर त्यसपछि उसले लिगका तीन खेलमा लगातार जित निकाल्दै इलिमिनेटर राउण्डमा पुग्न सफल भयो । उसले काठमाडौलाई १३ रनले हरायो भने धनगढीलाई एक सय २६ रनले पाखा लगायो । अन्तिम खेलमा विराटनगरलाई पराजित गर्यो ।

यता सुरुवात निकै राम्रो गरेको काठमाडौले पहिलो दुई खेलमा उत्कृष्ट जित निकालेका थियो । जसमा पहिलो खेलमा धनगढीलाई १७ रन र विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो ।

तर चितवनसँग १३ रनले पराजित हुदा उसको जितको यात्रामा ब्रेक लागेको थियो । तर उसले बुटवललाई ३७ रनले पराजित गरेको थियो भने पोखरासँग ४ विकेटले हार्न पुगेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest