काठमाडौं रोयल्सले चितवन राइनोजलाई ९५ रनको लक्ष्य

पोखरा प्रिमियर लिगको फाइनल प्रवेशका लागि  जारी खेलमा काठमाडौं रोयल्सले चितवन राइनोजलाई ९५.रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा मात्र ९४ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोडे ।खराव सुरुवात गरेको काठमाडौले १५ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर अमित श्रेष्ठ मात्र नौ रनमा आउट भए ।

चितवनका बलर सन्नी पटेलले एकै ओभरमा तीन विकेट लिएपछि काठमाडौंले १७ रनमा तीन विकेट खेर फाल्यो । पवन सराफले खाता खोल्न सकेनन् भने गौरभ तमोर एक रनमा पेभेलियन फर्किउ , त्यसपछि नरेश बुढाऐर पनि मात्र एक रनमा आउट भएपछि काठमाडौंले ३० रनमा चार विकेट गुमायो ।

त्यसपछि काठमाडौलागि विदेशी खेलाडी जयकिशन कोल्सावाला ब्यक्तिगत २५ रनमा आउट भएपछि ६८ रनमा पाँच विकेट गुमायो । त्यसपछि क्रिजमा आएका आदिल खानले पनि दोहोरो अंक जोड सकेनन् र मात्र आठ रनमा आउट भए ।

एकपछि अर्को विकेट गुमाएको काठमाडौ स्कोरबोर्डमा अरु १५ रन जोड्दा थप तीन विकेट गुमायो । बलिङ तर्फ चितवनका सन्नी पटेलले तीन तथा स्मिथ पटेल र भुवन कार्कीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest