अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ६ विकेटले विजयी

अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ ।

अष्ट्रेलिया भ्रमणमा रहेको दक्षिण अफ्रिकाले पर्थमा घरेलु टोलीलाई ३८.१ ओभारमा १५२ रनमा समेटेको थियो । सुरुदेखि दबाबमा आएको अष्ट्रेलियाका लागि नाथन कोल्टरले सर्वाधिक ३४ रन जोडेका थिए ।

१५३ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर २९.२ ओभरमा पुरा गरेको थियो । अफ्रिकाको जितमा क्वीन्टन डी ककले ४७ तथा रेजा हेन्ड्रिकले ४४ रन बनाएका थिए ।

अष्ट्रेलियाका मार्कस स्टोनिसले ३ विकेट लिए । तीन वटा एकदिवसीय क्रिकेट श्रृंखला अन्तर्गत दोस्रो एक दिवसीय क्रिकेट अब शुक्रबार हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest