टी-२० क्रिकेटमा अजामले ताेडे काेहलीकाे रेकर्ड

न्युजिल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम टेष्टमा पाकिस्तान ४७ रनले विजयी भएको छ । जसका कारण पाकिस्तानले तीन खेलको श्रृखंलामा क्लिन स्विप गरेको छ । यो खेलसँगै पाकिस्तानका बाबर अजामले नयाँ किर्तीमान बनाएका छन ।

युएइमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा तीन विकेट गुमाउदै एक सय ६६ रन बनायो । उसका लागि बाबर अजामले ७९ रन बनाए भने मोहम्मद हफिजले ५३ तथा सोयव मलिकले १९ रन बनाए ।

जवाफमा न्युजिल्याण्ड १६ ओभर ५ बलमा एक सय १९ रन बनायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कप्तान केन विलियम्सनले सर्वाधिक ६० रन बनाए भने ग्लेन फिलिप्सले २६ रन बनाए । बाँकि खेलाडी सस्तैमा आउट भए । न्युजिल्याण्डलाई सस्तैमा आउट गर्न सादाव खानले तीन तथा इमाद वासिम र वकास मक्सुदले दुई दुई विकेट लिए ।

यो खेलमा पाकिस्तानले तीन नयाँ रेकर्ड बनाउन सफल भयो । टी–२० क्रिकेटमा कम खेलमा एक हजार रन पुरा गर्ने बाबर अजाम पहिलो खेलाडी बनेका छन । उनले भारतीय कप्तान विराट कोहलीको रेकर्ड तोडे । कोहलीले २७ खेलमा हजार रन पुरा गरेका थिए भने अजामले २६ खेलमा हजार रन पुरा गरे । यस्तै विपक्षीको दशै विकेट लिने रेकर्डपनि पाकिस्तानले लम्ब्याएको छ । अहिलेसम्म पाकिस्तानले ३१ पटक विपक्षीको सबै विकेट लिन सफल भयो । यसअघि अष्ट्रेलियाले १९ पटक लिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest