भारत पहिलो टी ट्वान्टीमा ५ विकेटले विजयी

वेस्टइन्डिजविरुद्ध घरेलु टोली भारतले पहिलो टी ट्वान्टीमा ५ विकेटले विजयी भएको छ । २ टेस्ट तथा एक दिवसीय क्रिकटे सिरिज जिति सकेको भारतले तीन टी ट्वान्टी मध्य पहिलो खेल आफ्नो पक्षमा पारेको हो ।

कोलकत्तामा आइतबार राति भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओरभमा ९ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । पाहुना टोलीलाई सस्तैमा समेट्न चाइनाम्यान कुलदीप यादबले ३ विकेट लिएका थिए ।

वेस्टइन्डिजका लागि फेबियन एलेनले सर्वाधिक २७ रन बनाए । दोस्रो सर्वाधिक रन बनाएका किमो पल १५ रनमा नट आउट रहे । साही होप र किरन पोलार्डले १४–१४ रन बनाएका थिए । सिमरोन हटमायरले १० रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । ११० रनको लक्ष्य भारतले १७.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको थियो ।

४५ रनमा ४ विकेट गुमाएको भारतलाई जित दिलाउन दिनेश कार्तिक र कुनाल पाण्डे क्रमश ३१ र २१ रनमा नट आउट रहे । यसैगरी मनिस पाण्डेले १९ रन बनाउँदा केएल राहुलले १६रन बनाएका थिए । वेस्टइन्डिजका ओस्ने थोमस र कार्लोस ब्रेथवाइटले दुई दुई विकेट लिएका थिए । अब दोस्रो टी ट्वान्टी मंगलबार लखनउमा हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest