सारङकाेटमा पारस र शरदले उचाले पीपीएलकाे ट्रफि

पोखरा प्रिमियर लिगको उपाधिका लागि भोली घरेलु टिम पोखरा र चितवन राइनोज भिड्दैछन । फाइनल अगाडी आज प्रतियोगिताको उपाधिलाई दुई टिमका कप्तान पारस खड्का र शरद भेषवाकरले ट्रफि सार्वजनिक गरे ।

पाेखराकाे अलिअलि चिसाे माैसन, त्यसमा पनि खुलेकाे अाकाश, भरखर घामले माछापुच्छ्रेलाइ छुदैथियाे । ठाउँ थियो, पोखराको सारङकोट । पाेखरा शहर पुरा देखिने र माछापुच्छ्रेपनि नजिकबाट हेर्नपाइने भएकाले पनि पीपीएल अायाेजकले प्रिम्याच कन्फ्रेन्स सारङकाेटलाइ छाने ।

निकै खुलेको मौसमले गर्दापनि फाइनल अगाडी दुबै टिमले ट्रफि उचाल्दा निकै रोमाञ्चक देखिएको थियो । घरेलु प्रतियोगितामा चिरप्रतिद्धन्द्धी कप्तान पारस र शरदले पनि सारङकोटमा पुगेर पीपीएलको ट्रफिका साथ फोटो खिच्दा छुट्टै आनन्द आएको प्रतिक्रिया दिए । पीपीएलको फाइनल खेल भोली हुदैछ । प्रतियोगिताको विजेताले २७ लाख रुपैया पाउनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest