पीपीएल फाइनलमा पारसकाे अर्धसतक, चितवन ब्याटिङमा

पोखरा प्रिमियर लिगको फाइनलमा अहिले उपाधिका लागि पोखरा र चितवन विच प्रतिस्पर्धा भइरहेको छ । जसमा चितवनले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

दर्शकले खचाखच भएको फाइनलमा पोखराले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । जसमा चितवनले नौ रनमा पहिलो विकेट गुमायो । हरिशंकर शाह आठ रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्काले अनिल शाहसँग उत्कृष्ट साझेदारी गर्दै टिमको पारी सम्हाले । यो प्रतियोगितामा खासै राम्रो लयमा नदेखिएको पारसले फाइनलमा भने कप्तानी पारी खेले ।

उनले चितवन विरुद्ध ५० रन बनाउदै प्रतियोगितामा पहिलो अर्धसतक बनाए । उनको यो अर्धसतकसँगै जारी प्रतियोगितामा अर्धसतक सख्या २१ पुगेको छ । उनले ३६ बलमा नौ चौका प्रहार गरे ।

तर लगत्तै उनी रनआउट भएपछि चितवनले ८५ रनमा दोस्रो विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest