पीपीएलमा विधागत रूपमा उत्कृष्ट हुने खेलाडी यस्ता छन

प्रतियोगितामा विधागत रुपमा बेष्ट बलर चितवन राइनोजका करण केसी बने । उनले प्रतियोगितामा कुल १२ विकेट लिएका थिए । जसमा उनको उत्कृष्ट बलिङ १९ रनमा तीन विकेट थियो ।

यस्तै बेष्ट ब्याट्सम्यान काठमाडौ रोयल्सका गौरव तमोर बने । काठमाडौ रोयल्सबाट पीपीएल खेलेका उनले ६ खेलमा २ सय १२ रन बनाएका थिए । जसमा तीन अर्धसतक थियो । दुबैले एक एक थान मोटरसाइकल पाए ।

यस्तै मोष्ट भ्यालुयबल खेलाडी पोखरा पल्टनका ललित राजंवशी बने । उनले प्रतियोगितामा १० विकेट लिएका थिए । उनले एक लाख एक हजार रुपैया पाए ।

प्रतियोगिताको इमर्जिङ खेलाडी पोखरा पल्टनका रासिद खान बने । उनले ५१ हजार रुपैया प्राप्त गरे । यु–१९ क्रिकेट टिमका खेलाडी रासिदले प्रतियोगितामा सात विकेट लिए ।

प्रतियोगिताका बेष्ट खेलाडी चितवन राइनोजका सन्नी पटेल बने । उनले बलिङ र ब्याटिङ दुबैमा आफ्नो जादु देखाएका थिए । उनले बलिङमा उनले ६ खेलमा १० विकेट लिए भने ब्याटिङमा एक सय ९४ रन बनाए । उनले पनि एक थान मोटरसाइकल पाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest