पीपीएलले देखाएकाे अाशा, कस्ताे रह्याे पहिलाे संस्करण

मुलुकका ६ शहरको नामबाट बनाइएको फ्रेञ्चाइजी टोलीबाट राष्ट्रिय क्रिकेटरको खेल स्थानीय मैदानमा पहिलो पटक हेर्न पाउनुमा पनि पोखरेली दर्शक उत्साहित नै थिए । सबैभन्दा उत्कृष्ट मानिने अहिलेको मौसममा पोखरा प्रिमियर लिगले पहिलो संस्करणमै पोखरेली मात्र होइन सम्पूर्ण नेपाली क्रिकेट समर्थकको मन जितेको छ ।

पोखरा प्रिमियर लिग नेपालमा आयोजना भएको राष्ट्रियस्तरको तेस्रो ठूलो प्रतियोगिता हो । यसअघि एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको दुई दुई संस्करण सम्पन्न भइसकेका छन् । ती प्रतियोगितामा जस्तै पीपीएलमा पनि बिदेशी खेलाडीको प्रभाव देखियो । पीपीएलमा इंग्ल्याण्ड, युएई र भारतका खेलाडीहरु समावेश गरिएका थिए । बुटवल ब्लास्टर्सबाट खेलेका युएईका कप्तान रोहन मुस्तफाबाहेक अन्य बिदेशी खेलाडीको प्रदर्शन शानदार रह्यो । उनीहरुले टिमलाई आवश्यक परेका बेला कठिन परिस्थितिमा पनि राम्रो प्रदर्शन गर्ने सामर्थ्य राखे ।

पोखरा पल्टनले भारतका रवि इन्दर सिंह र युएईका मोहम्मद नाभिदलाई अनुबन्ध गरेको थियो भने चितवन राहिनोजले भारतीय खेलाडीहरु सन्नी पटेल र स्मित पटेललाई ल्याएको थियो । फाइनलमा यी चारै खेलाडीले आआफ्नो टिमका लागि अहम् प्रदर्शन गरे । वास्तवमा भन्दा उनीहरुकै प्रदर्शनमा टिम निर्भर देखिएको थियो । तथ्यांकले पनि के पुष्टि गर्छ भने पीपीएललाई रोमाञ्चक बनाउन बिदेशी खेलाडीकै प्रदर्शन निर्णायक छ । प्रतियोगितामा सर्बाधिक व्यक्तिगत रन बनाउने शीषृ ६ ब्याट्सम्यानमा ५ जना बिदेशी छन् । रवि इन्दर सिंह (चितवन राहिनोज) २६०, गौरव तोमर (काठमाडौं रोयल्स) २१२, मुहम्मद जियाद आलम (विराटनगर टाइटन्स) २०९, सन्नी पटेल (चितवन राहिनोज) १९४, दिपेन्द्र सिंह ऐरी (धनगढी ब्लुज) १८९ र पिटर ट्रेगो (धनगढी ब्लुज) १६६ रन बनाएका छन् । प्रतियोगितामा शतक बन्न सकेन ।

तर, एकै इनिङमा ९० रनभन्दा बढी रन जोड्ने दुई ब्याट्सम्यानमा दुवै बिदेशी रहे । गौरव तोमर (काठमाडौं)ले लिग चरणमा धनगढीबिरुद्धको खेलमा ९५ रनको पारी खेलेका थिए भने फाइनलमा रवि इन्दर सिंहले ९० रन बनाए । बलिङमा नेपाली खेलाडी नै हावी पोखरा रंगशालाको मैदानमा प्रतियोगिताकै लागिचारवटा पीच बनाइएको थियो ।

नेपाली खेलाडीकै लागि पनि नयाँ पीचमा प्रतियोगिताअघि सबै टोलीका कप्तानले चिन्ता जाहेर गरेका थिए । सुरुआती खेलमा सबै टोलीका लागि पहिलो प्रयोग थियो । प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडीमा चितवन राहिनोजका करण केसी रहे । उनले ७ खेलमा १२ विकेट लिए । उनले हरेक खेलमा विकेट लिए ।

Photo:NCSS

लिग चरणमा पोखरा पल्टन र काठमाडौं रोयल्स बिरुद्ध उनले ३–३ विकेट लिएका थिए । करणले ७ इनिङमा २६.३ ओभर बलिङ गरी १२ विकेट लिए । १० विकेट लिएका चितवनका सन्नी पटेल सर्बाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहे । उनीसँगै विराटनगरका कप्तान सन्दिप लामिछाने तथा पोखरा पल्टनका ललित राजवंशीले पनि १०–१० विकेट लिएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest