रंगना बने एकै मैदानमा १०० विकेट लिने विश्वमा तेस्राे खेलाडी

करियरकाे अन्तिम टेस्ट खेलिरहेका श्रीलंकन बलर रंगना हेरथले एउटै मैदानमा १०० विकेट लिने रेकर्ड बनाएका छन् । यो रेकर्ड बनाउने उनी तेस्रो क्रिकेटर हुन् ।

इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा कप्तान जो रुटको विकेट लिए पछि श्रीलंकाको गाले मैदानमा १ सय विकेट पूरा गरेका हुन् । अहिलेसम्म श्रीलंकाका स्पिनर मुथैया मुरलीथरन र जेम्स एन्डरसनले मात्र एउटै मैदानमा १ सय विकेट लिएका छन् ।

मुरलीथरनले गाले, केडी र एसएससी मैदानमा १ सय विकेट लिएका थिए । एन्डरसनले भने लर्डस मैदानमा १ सय विकेट लिएका छन् । यो टेस्टसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको हेराथले अहिले सम्म ४३० विकेट लिएका छन् । उनले यही गाले मैदानमै १९९९ मा अष्ट्रेलियाविरुद्ध डेब्यु गरेका थिए ।

यसैबीच, श्रीलंका र इंग्ल्याण्डबीचको पहिलो टेस्टको पहिलो दिन पाहुना टोली इंग्ल्याण्डले ८ विकेट गुमाएर ३२१ रन बनाएको छ । खराब शुरुआत गरेको इंग्ल्याण्डका लागि बेन फोक्स ८७ रन बनाएर क्रिजमा रहेका छन् ।

टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डका एलिस्टर कुकलाई रिप्लेस गर्दै प्लेयिङ सेटमा परेका रोरी बन्र्सलाई ९ रनमा सुरंगा लकमलले आउट गरेका थिए । त्यसपछि लकमलले मोइन अलिलाई बोल्ड गरेपछि पाहुना टोलीले १२ रन हुँदा २ विकेट गुमाउन पुगेको थियो । त्यसपछि कप्तान जोय रुट र कीटन जेनिंससँग ६२ रनको साझेदारी गरेका थिए ।यो साझेदारीलाई हेराथले तोडेका थिए । उनले रुटको विकेट लिँदै गाले मैदानमा १ सय विकेट लिने रेकर्ड पनि बनाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest