पाकिस्तान विरूद्दकाे पहिलाे एकदिवसिय खेलमा न्युजिल्याण्ड विजयी

पाकिस्तानविरुद्धको पहिलो एक दिवसिय क्रिकेटमा न्यूजील्याण्ड विजयी भएको छ । २६७ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा २१९ रनमा समेटिए पछि न्यूजील्याण्ड ४७ रनले विजयी भएको हो ।

पाकिस्तानले ८ रन हुँदा लगातार तीन विकेट गुमाएपछि दबाबमा आएको थियो । जसमा न्यूजील्याण्डका ट्रेन्ट बोल्टले ह्याट्रिक गर्दै पाकिस्तानलाई पछाडि धकेलेका थिए ।

२.२ ओभरमा फकर जमामलाई बोल्ड गरेका बोल्टले त्यसपछिको बलमा बाबर आजमलाई सिकार बनाए । बाबर योर्कर बलको सिकार हुँदै स्लिपमा रोस टेलरले लिएको क्याचलाई टिभी एम्पाएरले आउट करार गरेका थिए । त्यसपछिको बलमा ह्याट्रिक लिँदा बोल्टले मोहम्मद हफिजलाई एलबी डब्लूको धरापमा पारेका थिए ।

एम्पाएर पहिला आउट दिए पनि पछि फोर्थ एम्पाएरको साहारामा आउट दिएका थिए । त्यसपछि सोयब मलिक र इमामुल हकका बीचमा ६३ रनको साझोदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

इमामुल हक ३४ रनमा आउट भएको केही बेरमै सोयब मलिक ३० रनमा पेभेलियन फर्केपछि फेरि पाकिस्तान दबाबमा आएको थियो । ८५ रनु ुहँदा ६ विकेट गुमाएको पाकिस्तानका लागि इमाम वासिद र सर्फराज अहमदले १०३ रनको साझेदारी गर्दै झिनो आसा कायमै राखेका थिए । सर्फराज ६४ र इमाम ५० रनमा आउट भएपछि पाकिस्तानको सम्भावना सकिएको थियो ।

पहिला ब्याटिङ गरेको न्यूजील्याण्डले ९ विकेटको नोक्सानीमा २६६ रन बनाएको थियो । उसका लागि रस टेलरले ८० रन जोडेका थिए । टम लाथमले ६८ रन बनाए । सहेन्सा अफ्रिदीले पाकिस्तानका लागि ४ विकेट लिएका थिए ।

न्यूजील्याण्ड पाकिस्तानको होम ग्राउण्ड दुवईमा ३ एक दिवसीय र ३ टेस्ट खेल्न आएको हो । पहिलो एक दिवसिय जितेर १–० को अग्रता बनाएको न्यूजील्याण्डले दोस्रो एकदिवसिय शुक्रबार हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest