प्रशिक्षण क्याम्पका लागि जाेन्टी राेट्स नेपालमा

दक्षिण अफ्रिकी पूर्व क्रिकेटर जोन्टी रोट्स नेपाल अाएका छन ।

बुधबारबाट किर्तीपुरमा सुरु हुने प्रशिक्षण क्याम्पका लागि जोट्स नेपाल आएका हुन । उनले दुई साता युवा तथा किशोर खेलाडीलाई विशेष प्रशिक्षण दिनेछन ।

काठमाडौंको रातोपुल स्थित नेपाल क्रिकेट स्कुलको पहलमा रोट्स पहिलो पटक नेपाल आएका हुन । उनले आज किर्तीपुर मैदानमा पुगेर खेलाडीसँग परिचय गरेका थिए । उनले नेपाल बसाईको क्रममा खेलाडीलाई क्रिकेटको विभिन्न पक्षको प्रशिक्षण दिनेछन ।

उनले खेलाडीलाई क्रिकेटको फिटनेस टेष्ट र ट्रेनिङ गर्नुका साथै लिडरसिप स्किल, स्पोर्टस मेडिसिन लगायतका विभिन्न पाटाहरुको प्रशिक्षण दिनेछन । सो क्याम्पमा युवा खेलाडीका लागि सिनियर खेलाडीको पनि सहभागिता हुनेछ । रोट्ससँगै उनका सहयोगी रायन पनि नेपाल आएका छन ।

भारतमा हुँदा नेपाल क्रिकेट स्कुलका सञ्चालक करन घिमिरेले उनलाई नेपालमा ल्याएका हुन । ५० बर्षे रोट्सले दक्षिण अफ्रिकाको राष्ट्रिय टिमबाट ५२ टेष्ट र २४५ एकदिवसिय खेल खेलका छन । जसमा टेष्टमा दुई हजार ५३२ र एकदिवसिय मा ५ हजार ९ सय ५३ रन बनाएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest