महिला टि–२० विश्वकपः भारतद्वारा पाकिस्तानमाथि ७ विकेटको जित

आईसीसी महिला टि–२० विश्वकपमा भारतले पाकिस्तानलाई हराएको छ । पहिलो खेलमा न्यूजिल्याण्डलाई हराएको भारतले दोस्रो खेलमा पाकिस्तानमाथि ७ विकेटको जित निकाल्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । पाकिस्तानका लागि विस्माह मारुफले ५३ र निदा दारले ५२ रनको अर्धशतकीय पारी खेले । बलिङतर्फ भारतका दयालान हेमलता र पुनम यादवले २–२ विकेट लिए ।

१३४ रनको लक्ष्य भारतले ६ बलबाँकी रहँदा तीन विकेट गुमाएर पूरा ग¥यो । भारतका लागि मिथाली राजले ५६ रनको अर्धशतकीय योगदान गरिन् भने स्मृति मन्धनाले २६, जेमिमा रोद्रिगेजले १६ बनाए भने हर्मनप्रित कौर १४ रनमा अभिवित रहिन् ।

अर्काे खेलमा अष्ट्रेलियाले आयरल्याण्डमाथि नौ विकेटका जित निकाल्दा अलिसा हिलीको प्रदर्शन प्रमुख रह्यो । आयरल्याण्डले दिएको ९४ रनको लक्ष्य अष्ट्रेलियाले ९.१ ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो । हिलीले ३१ ब्लमा नौ चौका र एक छक्का प्रहार गर्दै ५६ रन बनाइन् । त्यस्तै बेथानी मुनीले १४ रन जोडिन । आयरल्याण्डले १५ रन अतिरिक्त दिएको थियो ।

टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९३ रन बनाएको थियो । आयरल्याण्डका लागि किम गार्थले सर्वाधिक २४ रन बनाइन् भने क्लार शिलिङटनले १९ रन जोडिन् ।
बलिङतर्फ एलिसे पेरीले दुई विकेट लिइन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest