सन्दिप र साेमपाल पाकिस्तान प्रिमियर लिगकाे ड्राफ्टमा

स्टार लेग स्पिनर सन्दिप लामिछाने सहित अर्का नेपाली राष्ट्रिय टिमका तिब्र गति बलर सोमपाल कामी पाकिस्तान सुपर लिगको ड्राफ्टमा परेका छन ।

पाकिस्तान सुपर लिगले सार्वजनिक गरेकाे ड्राफ्टमा सहभागी सन्दिपसँगै साेमपाल पनि गरेका हुन । पिसीएलका लागि अायाेजकले प्लाटिनम, डायमण्ड, गोल्ड, सिल्भर र इमर्जिङ्ग श्रेणीमा ड्राफ्टमा रहेका खेलाडीहरु सार्वजनिक गरेको हो।

नोभेम्बर २० तारिकमा खेलाडीकाे अन्तिम नामावली सार्वजनिक हुनेछ ।

नेपाली खेलाडीमा सोमपाल कामी दाेस्राे पटक विदेशी लिगकाे ड्राफ्टमा परेका हुन । यसअघि उनी अफगानिस्तान प्रिमियर लिगकाे ड्राफ्टमा परेका थिए ।

पाकिस्तान सुपर लिग सोमपाल बिदेशी खेलाडी कोटाको सिल्भर श्रेणीमा रहेका छन् भने सन्दिप लामिछाने बिदेशी खेलाडी अन्तर्गत नै गोल्ड श्रेणीमा रहेका छन्। गोल्ड श्रेणीमा रहेका सन्दिपको मूल्य ड्राफ्टमा कम्तिमा ५० हजार डलर तथा सिल्भर कोटामा रहेका सोमपालको मूल्य ड्राफ्टमा २२ हजार डलर हुने बताइएकाे छ ।

सन्दिप रहेको श्रेणीमा सिकन्दर राजा, उपुल थारंगा, जेम्स भिन्स, ब्रेन्डन टेलर, मार्लन स्यामुएल्स, केभिन ओ ब्रायन, रभी बोपारा, स्टेभेन फिन, आन्द्रे फ्लेचर रहेका छन ।

यस्तै सोमपाल रहेको सिल्भर श्रेणीमा केल कोट्जर, जिभन मेंडीस,दसुन शनाका, रोहन मुस्तफा, पिटर बोरेन, अफताब आलम, इम्रुल केयस, अंशुमन रथ, नजीबुल्लाह जाद्रान, सौम्य सरकार,बाबर हायात जस्ता खेलाडी छन्।

पाकिस्तान प्रिमियर लिगको ड्राफ्ट नोभेम्बर २० तारिकमा पाकिस्तानको इश्लामबादमा आयोजना हुनेछ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest