इपीएलकाे पहिलाे चरणकाे बिडिङमा हरी चाैहान सबैभन्दा महंगाे खेलाडी

एभरेष्ट प्रिमियर लिगको पहिलो चरणको बिडङमा घरेलु क्रिकेट प्रतियाेगिता पीएम कपमा सतक बनाएका हरिबहादुर चौहानलाइ विराटनगर वारियर्सले ८५ हजार रुपैयाँमा अनुबन्ध गरेकाे छ ।

हरिबहादुरमाथि चितवन टाइगर्सले ६० हजार, विराटनगरले ८५ हजार र पोखरा राइनोजले ५० हजारमा बोली लगाएका थिए ।

ईपीएलमा सहभागि ६ टोलीले पहिलो चरणमा तीन खेलाडीलाई रिलिज गर्ने पाउने ब्यवस्था भएकाेमा चितवनले योगेन्द्रसिंह कार्की, सोनाम गौतम र अनिलकुमार मण्डललाई, विराटनगरले अविनास कर्ण, भैरहवा ग्लाडिएटर्सले अविनास बोहरा, काठमाडौं किंग्स ११ले सुशील कँडेल र मोहम्मद समसाद शेखलाई फुकुवा गरेको छ ।

पोखराले सन्तोष भट्ट र नुरध्वज सेनलाई फुकुवा गरेको थियो भने ललितपुर प्याट्रियट्सले पहिलो चरणमा कुनै खेलाडीलाई फुकुवा गरेन । चितवनले सागर ढकाललाई ७५ हजार रुपैयाँमा अनुबन्ध गर्याे भने चितवनले आदिल खानलाई पनि ६० हजार रुपैयाँमा भित्र्यायाे ।

पोखराले सुबेन्दु पाण्डे र नन्दन यादवलाई आधरमूल्यमा अनुबन्ध गरेको छ ।

अर्को महिना हुने भनिएको ईपीएलमा पहिलो चरणको ‘बिड’का लागि ३० खेलाडी राखिएकाे थियाे । दोस्रो तथा अन्तिम चरणको ‘बिड’ प्रकृया बिहीबार हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest