नेपाली क्रिकेटलाइ दिएकाे प्रशिक्षण सबैलाइ काम लागाेस भन्ने चाहना छ- जाेन्टी राेड्स

नेपाली क्रिकेट खेलाडीलाई हाइर्पफमेन्स क्याम्प दिनका लागि नेपाल आएका दक्षिण अफ्रिकी खेलाडी जोन्टी रोट्सले नेपाली युवा खेलाडीमा राम्रो क्षमता भएको तर उनिहरुले त्यो अनुसारको प्ल्यार्टफर्म नपाएको बताएका छन ।

आइतबार काठमाडौ पुगेका रोट्सले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालमा जुन किसिमको पुर्वाधार छ त्यो अनुसार खेलाडीको प्रदर्शन उल्लेख्य रहेको बताए । उनले नेपाली क्रिकेटमा जुन क्षमता छ त्यो हामीले अन्डर नाइन्टिन लेभलको क्रिकेटमा देखिसकेका छौ ।

म र रायन नेपालमा मात्र १० दिनको हाइ पर्फमेन्स क्याम्प भन्दापनि यो स्तरमा उत्कृष्ट खेलाडी कसरी उत्पादन गर्न सकिन्छ भनेर सल्लाह दिने छौ । नेपालका बारेमा मेरो बुझाए, अन्डर नाइन्टिन लेभलमा पुल अफ ट्यालेन्ट छन । हामी नेपालमा क्रिकेट कसरी चलिरहेको छ त्यो बुझ्ने प्रयास गर्नेछौ । अन्डर नाइन्टिन लेभलमा हामी विभिन्न पुलहरु तयार पार्ने छौ, त्यसका लागि हामी विभिन्न स्कुलहरुमा जानेछौ । दक्षिण अफ्रिकामा कसरी उमेर समुहको क्रिकेट चलिरहेको छ, कसरी स्टेट लेभल र विभिन्न प्रतियोगिता भइरहेका छन त्यो बारेमा जानकारी दिनेछौ ।

मेरो बुझाइको क्रिकेट भनेर अन्डर नाइन्टिन लेभलको क्रिकेट उत्कृष्ट हुनुपर्छ, त्यसपछि माथिको कुरा आउछ । हामी यहाँ १० दिनको क्याम्पका लागि मात्र होइन त्यसपछि पनि कसरी काम गर्न सकिन्छ भनेर छलफल पनि गर्नेछौ । मसँगै १९ बर्ष प्रशिक्षणको अनुभव भएको रायन पनि आएको छ, जसले अफगानिस्तान, वेष्ट इन्डिज जस्तो टिमलाई प्रशिक्षण दिइसकेको छ । उनले र मैले यहाँ दिएको १० दिनको प्रशिक्षणले खेलाडीका लागि आगामी दिनमा पनि काम लागोस । मेरो भनाई यतिहोकी जति बलियो अन्डर नाइन्टिन र अन्डर सिक्सटिन टिम हुन्छ त्यती बलियो क्रिकेट हुन्छ ।

हामीले १० दिनमा म्याच सिच्युयोसन, गेम साइकोलोजी, गेम प्राक्टिस जसले गर्दा म्याच इन्भाएरोमेन्ट कस्तो हुन्छ भन्ने खेलाडीले फिल गरोस ।

१० दिनेको विशेष प्रशिक्षणमा रोट्स र उनीसँगै आएका रायनले अन्डर नाइन्टिनका खेलाडीलाई १४ देखि २३ तारिखको विचमा तीन दिन र तीन सेसन राष्ट्रिय खेलाडीलाई प्रशिक्षण दिनेछन । यो क्याम्पका लागि आयोजकले ५० हजार रुपैया प्रवेश शुल्क तोकेका छन । जसमा क्याममा रहेका खेलाडीले एक बर्ष विनोद दाश र कलाम आलम निशुल्क प्रशिक्षण दिनेछन । यसका साथै खेलाडीलाई ५ लाखको इन्सुरेन्स पनि गरिने आयोजकले जनाएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest